प्रदेशस्तरीय महिला भलिबलः उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

तेस्रो स्थानका लागि बागलुङ र स्याङ्जा भिड्ने

पाेखरा | असार १६, २०८०

प्रदेशस्तरीय महिला भलिबलः उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने तस्बिर फाइल

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वत भिड्ने भएका छन् । 


उपाधि दावेदार मानिएका म्याग्दीले बागलुङ र पर्वतले स्याङ्जालाई सेमिफाइनलमा पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् । 


पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा पर्वतले स्याङ्जालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो । 


पर्वतले २५-१९, २५-१६ र २५-१६ले स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 


यस्तै जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।  


म्याग्दीले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । फाइनल केही समय पछि सुरु हुने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । 


सेमिफाइनलमा पराजित जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । 


प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।


गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्